काठमाडौं महानगरपालिकामा सय दिने कार्यक्रमको

काठमाडौं महानगरमा हाकिमले हाजिर गर्ने दिन मेयर बालेन गयल हुँदा सिर्जित तमासा सम्हाल्न अघि सरिन् उपमेयर सुनीता डंगोल । यद्यपि मेयरको प्रतिक्रिया के हुन्छ भन्ने जिज्ञासा बाँकी छ ।
२१ चैत, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र संघीय सरकारको विवादका कारण हाजिर हुन नसकेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं १०३ दिनपछि कार्यकक्षमा पुगेका छन् ।
रास्वपाबाट निर्वाचित काठमाडौं–१६ की रजनी श्रेष्ठबाहेकका वडाध्यक्षहरुले महानगरका कर्मचारीहरुलाई साथ दिँदा बिहीबार उनी कार्यकक्ष प्रवेश गर्न सफल बने । र काठमाडौं महानगरपालिकामा सय दिने कार्यक्रमले उहाँलाइ स्वागत गरयाे ।

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा तीन महिनादेखि कर्मचारीले तलब समेत पाएका थिएनन् । महानगरका आर्थिक गतिविधि ठप्प भएको स्थितिमा बिहीबार कर्मचारीहरु भेला भएर गुरागाईंलाई कार्यालय बाहिर स्वागत गरेका थिए ।
उनीहरुले ‘कार्यकारी सरलाई स्वागत छ’, ‘सम्पूर्ण कर्मचारी साथी एक हौं’ लगायतका नारा लगाउँदै उनलाई कार्यकक्षसम्म लगेका थिए । तर, ढोकामा भने पहिल्यै मेयर बालेनको सचिवालयले ताला लगाइदिएको थियो । कर्मचारीहरुले ढोकामा तोडफोड गरेर भए पनि गुरागाईंलाई प्रवेश गराउन खोजेका थिए । उनीहरुले ढोकाको सिसा फुटाएका थिए भने ताला समेत फोड्ने प्रयास गरेका थिए ।
त्यहीबीचमा नगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोली आएर अवरोध गरेपछि विवाद थप बढेको थियो । पाण्डेले ‘माथिको आदेश’ अक्षरशः पालना गर्ने भन्दै कर्मचारीलाई ढोका प्रवेश गर्नबाट रोक लगाएका थिए ।
अरु प्रहरी कर्मचारीलाई समेत बोलाएर कार्यालयको सुरक्षाका लागि जे सुकै गर्ने भन्दै उनले प्रमुख प्रशासकीय अधिकृतको ढोका अगाडि धर्ना दिएका थिए । त्यस क्रममा उनले महानगरपालिकाका कर्मचारीलाई ‘आफ्नो कुर्सीमा गएर काम गर्न उर्दी’ जारी गरेका थिए ।
तर, कर्मचारीले ‘खान नपाउँदा पनि चुप लागेर काम गर्ने ? चार महिना भइसक्यो, जहाँ पनि हामी पिल्सिनुपर्ने ?’ भन्दै प्रतिवाद गरे ।
पाण्डेले प्रहरीले समेत तलब नपाएको तर, कार्यालयको सुरक्षा र चेन अफ कमाण्डका लागि खटिने भन्दै जनप्रतिनिधिबाहेक कर्मचारीहरुलाई बाहिर पठाउन मातहतका प्रहरीलाई निर्देशन दिए ।
कर्मचारी र नगर प्रहरीबीच तनाव थप बढिरहेको थियो, त्यही बेला महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल त्यहाँ पुगिन् र परिस्थितिलाई साम्य बनाइन् ।
उनले वडाध्यक्षसहित जनप्रतिनिधिको बैठक राखिन् र निकास निकालिन् । त्यसपछि गुरागाईँले कार्यकक्ष प्रवेश गर्न पाएका थिए ।